ईङवा हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

४ कार्तिक २०७८, बिहीबार १०:१९

काठमाडौं। ईङवा हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कूल १९ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोको तर्फबाट सञ्चालक सतिश न्यौपानेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।कम्पनीले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको सो मात्राको साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न लागेको हो ।सो प्रयोजनको लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*