सांग्रिला डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

३ कार्तिक २०७८, बुधबार १२:२०

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ ।बैंकले सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक ५ गतेदेखि १६ गते बन्द गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।

कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्न लागेको हो ।उक्त लाभांश प्रस्तावको लागि कम्पनीले आगामी कात्तिक १६ गते साधारण सभा बोलाएको छ । सभा लैनचौर ब्याक्वेट, लैनचौरमा बिहान १० बजेदेखि शुरु हुने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*