नेपाल इन्भेष्टमेण्ट बैंककोे लाभांश संसोधन, अब कति दिँदै ?

३ कार्तिक २०७८, बुधबार १२:०२

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई दिने लाभांशमा संशोधन गरेको छ ।बैंकले ११ दशमलव २४ प्रतिशत बोनस शेयर र ४ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा परिवर्तन गरी १२ दशमलव ६११ प्रतिशत बोनस शेयर र ३ दशमलव ३८९ प्रतिशत नगद लाभांश करसमेत गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको मंगलवार सम्पन्न संचालक समितिको बैठकले उक्त लाभांश संशोधन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*