बैंकहरु कर्जा बिस्तारमा आक्रामक, निक्षेपको तुलनामा कर्जा प्रवाह बढी

२ कार्तिक २०७८, मंगलवार १९:२६

काठमाडौं । असोज महिनामा बैंकहरुले कर्जा बिस्तारलाई आक्रामक गतिमा अगाडि बढाएका छन् । नेपाल बैंकर्स संघले उपलब्ध गराएको असोजमसान्तसम्मको तथ्यांक अनुसार बैंकहरुले असोजमा ९७ दशललव ६५ अर्ब निक्षेप संकलन गरेका छन् भने १२६ दशमलव २२ अर्ब बढी कर्जा परिचालन गरेका छन् । तथ्याङ्कका अनुसार बैंकहरुमा थोरै निक्षेप आउँदा समेत लोन भने आक्रामक रुपले प्रवाह भएको देखिएको छ ।

सीडी रेसियो तोकिएको सीमाभन्दा बढी हुने बैंकले समेत राष्ट्र बैंकबाट सापटी ल्याएर समेत कर्जा प्रवाहमा ध्यान दिंदा निक्षेपको तुलनामा कर्जा प्रवाह बढी देखिएको तथ्याङ्कले देखाएको छ ।असोज २२ गतेको तुलनामा असोज अन्तिम साता बैंकहरुको निक्षेप संकलन १३ अर्ब ६५ करोड रहेको छ, जब कि सोही अवधिमा कर्जा भने १५ अर्ब २२ करोडले बढेको छ । भदौ महिनामा बैंकहरुले ४८ अर्बले निक्षेप बढाउँदा १ खर्ब ८ अर्बले कर्जा बढाएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*