आदर्श लघुवित्तले आइपीओ निष्काशन गर्न बोर्डमा दियो आवेदन
२ कार्तिक २०७८, मंगलवार १७:४२
काठमाडौं। आदर्श लघुवित्तले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डमा लघुवित्तले आइपीओ निष्काशनका लागि असोज २० गते आवेदन दिएको हो ।
लघुवित्तले २ करोडको ३० प्रतिशतले हुन आउने जम्मा रकम ६० लाख बराबरको ६० हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । बोर्डको स्वीकृती र आगामी सभाको निर्णय पश्चात् मात्र कम्पनीले आइपीओ जारी गर्नेछ । कम्पनीले आइपीओ निष्काशनका बिक्रि प्रबन्धकमा बिओके क्यापिटललाई विक्री प्रबन्ध नियुक्त गरिसकेको छ ।