एभरेष्ट बैंकले २७ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न

२ कार्तिक २०७८, मंगलवार १२:१७

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बैंकले आफनो बार्षित्सवको अवसरमा मुख्य शाखा लाजिम्पाटमा रक्तदान र निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

उक्त रक्तदान कार्यक्रममा बैंकका ५० भन्दा बढी कर्मचारी तथा ग्राहकले रक्तदान गरेका थिए । १०० भन्दा बढी कर्मचारी तथा ग्राहकले वरिष्ठ चिकित्सकबाट पोस्ट कोभिडबारे स्वास्थ्यशिविरबाट निःशुुल्क परामर्श लिएको बैंकले बताएको छ ।

बैंकमा २५ वर्षभन्दा बढी सेवारत कर्मचारीलाई पनि सम्मान गरिएको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुर महानगरपालिकासँग शंखमूलस्थित घाटमा विद्युतीय शवदाह उपकरण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले हस्ताक्षर गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*