सांग्रिला डेभलपमेन्ट बैंकको कात्तिक १६ गते वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

२ कार्तिक २०७८, मंगलवार १२:०५

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १६ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकको १७ औं वार्षिक साधारण सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।बैंकले गत वर्षको मुनाफाबाट १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजाने भएको छ।

बैंकले गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ० दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।साथै, अन्य बैंंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । बैंकले कात्तिक ५ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसका कारण कात्तिक ४ गते बिहीबारसम्म यस बैंकको शेयर खरिद गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*