नबिल बैंकका मनोजकुमार ज्ञवाली महाप्रबन्धकमा बढुवा

१ कार्तिक २०७८, सोमबार २२:४५

नबिल बैंकका मनोजकुमार ज्ञवाली महाप्रबन्धकमा बढुवा भएका छन् । यसअघि उनी नायव महाप्रबन्धक थिए । बैंकको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले ज्ञवालीलाई बढुवा गरेको हो ।

ज्ञवालीले १३ महिनामा प्रमोशन खाएका हुन् । उनी २०७६ भदौंमा नविल बैंकमा नायब महाप्रबन्धकको रुपमा भित्रिएका थिए । त्यसअघि उनले ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएका थिए ।

ज्ञवालीसँगै नविलमा ३ जना महाप्रबन्धक भएका छन् । यसअघि सुजित शाक्य र बिनय रेग्मी पनि महाप्रबन्धक पदमा कार्यरत छन् । नविलमा प्रमुख कार्यकारी अधिकृतपछिको पद महाप्रवन्धक हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*