नबिल बैंक सहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१ कार्तिक २०७८, सोमबार १५:२०

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २१८ कम्पनीको ८७ लाख ७६ हजार ३३७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७९१ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से परिसूचक ७९ अंकले घट्दा कारोबार २ अर्बमा मात्र सिमित भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । कम्पनीको आज एकैदिन ९ करोड ८९ लाख ९८ हजार ५१८ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, सानिमा बैंकको ९ करोड ८१ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ६५ लाख, अपि पावर कम्पनीको ७ करोड ५२ लाख र नेपाल बैंक लिमिटेडको ७ करोड ४६ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*