नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

१ कार्तिक २०७८, सोमबार १४:५५

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान शाखाले जीवन बीमा वापतको बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीमा बीमा गराएका स्व. जलेन्द्र कुमार चौधरीको परिवारलाई ४३ लाख २१ हजार ८ सय २० रुपैयाँ मुत्यु दाबी भुक्तानी गरेको छ ।

लहान नगरपालिका वडा नं.६ निवासी बिमित स्व.जलेन्द्र कुमार चौधरीको परिवारलाई रु ४३ लाख २१ हजार ८ सय २० रुपैयाँ हस्तान्तरण गरेको छ ।उक्त मृत्यु दाबी रकम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान शाखाका प्रमुख पूर्ण कुमार कर्णले मृतकको श्रीमती छाया कुमारी चौधरीलाई चेक हस्तान्तरण प्रदान गरे ।

मृतककी श्रीमती छाया कुमारी चौधरीले भने श्रीमानको मृत्युले दुखित भएता पनि परिवारका लागी सो बीमा रकमले सहयोग पुगेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*