राष्ट्रिय बीमा नीति तर्जुमा गर्न बीमा समितिको माग

१ कार्तिक २०७८, सोमबार १२:५३

काठमाडौं । बीमा समितिका सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रको सम्रग विकास एवं विस्तारका लागि राष्ट्रिय बीमा नीति तर्जुमा गर्न अर्थमन्त्रालयसँग आग्रह गरिएको जनाएका छन् ।

विजया दशमीको अवसरमा आयोजित शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै सूर्य प्रसाद सिलवालले मुलुककको बीमा क्षेत्रलाई नीतिगत रुपमा आवद्ध गराउन राष्ट्रिय बीमा निति आवश्यक भएकाले त्यसका लागि अर्थ मन्त्रालयसँग आग्रह गरेको जानकारी दिए । उनले देशमा बीमाको पहुँच बढाउनका आवश्यक सहयोग गर्न अर्थ मन्त्रालयले तत्परता देखाएको बताए ।

अध्यक्ष सिलवालले बीमा क्षेत्रलाई सन्तुलीतरुपमा अगाडि बढाउने प्रयासमा समितिलाई लिखित रुपमा जानकारी दिएरस बीमा सचेतना कार्यक्रमलाई व्यापक रुपमा अघि बढाउन बीमा कम्पनीहरुलाई आग्रह गरेका छन् ।

अध्यक्ष सिलवालले कोरोना बीमाको बाँकी दाबी भुक्तानीका सम्बन्धमा समितिको राय अर्थ मन्त्रालयमा पठाइएको र यससम्बन्धमा दशैंपछि निकास निस्कने विश्वास व्यक्त गरे ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सम्रग बीमा क्षेत्रको विकास एवं विस्तारका लागि बीमा समिति गम्भिरताका साथ लाग्दै आएको र त्यसमा बीमा कम्पनीहरुको समेत सहयोग अपरिहार्य रहकोे बताए ।

कार्यकारी निर्देशक पौडेलले बीमाको पहुँच विस्तारका लागि समितिले विभिन्न स्थानीय तहहरुमा स्थानीय सरकारहरुसँग समन्वयमा बीमासम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाउदै लगेको जानकारी दिए । कार्यक्रममा सम्पूर्ण बीमा कम्पनीका सिईओहरुको सहभागीता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*