रिलायन्स लाइफको “रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना” सार्वजनिक, यस्ता छन् सुविधा

१ कार्तिक २०७८, सोमबार १२:४६

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले रिलायन्स वार्षिक धन वर्षा जीवन बीमा योजना ल्याएको छ । सो बीमा योजनाअन्तर्गत बीमितलाई प्रत्येक वर्ष बीमालेखको वार्षिकोत्सव मितिमा बीमाङ्कको ५ (पाँच) प्रतिशत रकम भुक्तान गरिनेछ ।

उक्त व्यवस्थाले बीमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बीमाङ्क रकम बराबरको रक्षावरण समेत प्रदान गर्ने कम्पनीले जनाएको छ ।
बीमितले यस बीमा योजनामा सहभागी हुन १५ वा २० वर्षको उमेर हद तोकिएको छ।

१५ वर्षको बीमा अवधिको समाप्तिमा बीमितलाई अग्रिम बार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी रहेको बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिनेछ भने २० वर्षको बीमा अवधिको समाप्तिमा अग्रिम बार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाई बाँकी बीमाङ्क रकम, आर्जित बोनस र बीमाङ्क रकमको १० प्रतिशत थप रकम (एक पटकको लागि मात्र) प्रदान गरिनेछ ।यस योजनामा कथम्कदाचित बीमा अवधिमा बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमाङ्क रकम र आर्जित बोनस प्रदान गरिनेछ।

यो योजना १८ देखि ५५ वर्ष उमेरका ग्राहकले लिनसक्ने कम्पनीले जनाएको छ । यो योजनाअन्तर्गत न्यूनतम बीमाङ्क रकम १ लाख रुपैयाँ कायम गरिएको छ ।
यो योजनासँगै बीमितले थप न्यूनतम बीमाशुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्ने बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*