बजारबाट ११ अर्ब ऋण उठाउँदै राष्ट्र बैंक, ब्याजदर अझै बढ्ने त्रास

१ कार्तिक २०७८, सोमबार १२:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ११ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल आजदेखि बिक्री गर्न लागिएको हो । राष्ट्र बैंकले ९१ दिन अवधिको २० करोड, १८२ दिनको ५ अर्ब र ३६४ दिनका लागि ६ अर्ब गरी कुल ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको केन्द्रीय बैंकले जनाएको छ ।

बजारमा तरलता अभाव भइरहेको कारण देखाउँदै यतिबेला बैंकहरुले भटाभट ब्याजदर बढाइरहेका छन् । यही समयमा केन्द्रीय बैंकले ऋण उठाउने निर्णय गरेपछि बजारमा थप तरलता अभाव भई ब्याजदर अझै बढ्ने त्रास बढेको छ ।

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे बिक्री खुला हुनेछ । बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई केन्द्रीय बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ ।

ट्रेजरी बिल १ वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन (एक वर्षभन्दा कम) अवधिको स्रोत जुटाउन राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट बहुबोल मूल्य विधि अनुसार यस्तो बिल जारी गर्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*