गुराँस लघुवित्तले छैंठौं वार्षिक साधारण सभा कात्तिक २२ गत, यस्ता छन् एजेण्डाहरु

१ कार्तिक २०७८, सोमबार १२:०८

काठमाडौं । गुराँस लघुवित्तले छैंठौं वार्षिक साधारण सभा कात्तिक २२ गते बोलाएको छ। सभा न्यू अञ्जुली होटल धनकुटामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई १६ दशमलव ९० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ८८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७८र७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ८ गतेबाट २२ गतेसम्म बुक क्लोज गर्दैछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*