सम्पूर्ण बीमा अभिकर्ताहरुले दशैं तिहारमा गर्नैपर्ने ५ काम, बीमा अभिकर्तालाई प्रशिक्षक कमल पाण्डेको टिप्स

२८ आश्विन २०७८, बिहीबार ११:४९

काठमाडौं । कमल पाण्डे एक प्रख्यात बीमा प्रशिक्षक हुन् । बीमा सचेतनामूलक तथा बजारिकरण सम्बन्धी तालिम दिनमा व्यस्त कमल पाण्डेले बीमा अभिकर्ताहरुलाई दशैंलाई लक्षित गर्दै बीमा अभिकर्ताहरुलाई पाँच वटा टिप्स दिएका छन् ।

दशैंमा बीमा अभिकर्तालाई पाँच टिप्स
१) अभिकर्ता साथीहरुले देश विदेशबाट आउनु भएका आफन्त साथीहरुलाई उहाँहरुको आर्थिक अवस्था सुहाउँदो बीमा प्रस्ताव राख्नु पर्दछ । दशैंमा विदेशबाट धेरै नै मानिसहरु आफ्नो घरमा आएका हुन्छन् । पश्चिम नेपालमा भारतबाट तथा अन्य क्षेत्रमा श्रम गन्तव्य मुलुक तथा विश्वभर छरिएर रहेका नेपालीहरु स्वदेश फर्किएका छन् । यस वर्ष एनआएरएनको निर्वाचनमा भाग लिन समेत ठूलो संख्यामा मानिसहरु नेपाल आएका छन् । विदेशबाट आएकाहरुलाई उनीहरुको नेपालमा आश्रित परिवारको लागि बीमाको महत्वबारे प्रष्ट पार्ने उत्तम उपाय हो ।

२) नेपालका सरकारी, पब्लिक तथा निजि कम्पनीमा कार्यरत कर्मचारी साथीहरुले दशैंको बेलामा एक महिनाको तलव बोनसबापत प्राप्त गर्दछन् । कतिपयको दशैंको गर्जो टार्नमै रकम ठिक्क होला तर कैयौंले फजुल खर्च गरेर दशैंमा आएको बोनस रकम खर्च गरिरहेका हुन्छन् । त्यसैले यही मौकामा बीमा अभिकर्ता साथीहरु तलव थाप्ने जो सुकै कर्मचारीहरुलाई बीमा प्रस्ताव राख्न सक्नुहुन्छ । कर्मचारीहरुलाई दशैंमा आउने बोनस रकम जम्मा हुने गरी जीवन पोलिसी बिक्री गर्न सकियो भने सरेन्डर नहुने बीमा पोलिसी बिक्री गर्न सकिन्छ । त्यसैले दशैं बोनस तथा अन्य बोनस रकम प्राप्त गर्ने कार्मचारीहरु बीमाको लागि आकर्षक बजार पनि हो । बीमा कम्पनी तथा अभिकर्ता साथीहरुले यसतर्फ विशेष ध्यान दिनुपर्ने देखिन्छ । कर्मचारी बर्गहरुलाई जीवन बीमा गराउन सकियो भने प्रत्येक वर्षमा दशैं बोनस प्राप्त हुने हुँदा पोलिसीलाई निरन्तरता दिन सकिने हुँदा बीमाको दीगो विकासको लागि यो विषय निकै महत्वपूर्ण छ ।

३) दशैंको फजुल खर्चलाई घटाएर बीमा पोलिसी लियो भने भविष्यमा परिवारलाई ढुक्क हुन्छ भनेर जनतालाई सम्झाउने प्रयास गर्नुपर्दछ । एक अनौपचारिक तथ्याङ्क अनुसार वर्ष भरिको कूल उपभोग मध्ये एक तिहाई दशैंकै समयमा हुन्छ भन्ने छ । त्यसैले उपभोग र बचतको सन्तुलन मिलाउन आग्रह गर्दै उक्त बचत भएको रकम बीमा क्षेत्रमा लगानी गर्न आह्वान गरेमा बचत र जोखिम रक्षावरण दुवै हुन्छ भनेर सम्झाउनु पर्दछ ।

४) दशैं भन्ने वित्तिकै टीका र जमराको कुरा पनि आउँछ । नेपालमा दशैंमा करोडौं रुपैयाँ टीका लगाएर दक्षिणा दिने गरिएको छ । दक्षिणाबापत जम्मा हुने स–सानो रकमलाई बीमामा आकर्षित गर्न बीमा अभिकर्ताहरु यही बेलामा सक्रिय हुनु पर्दछ । बालबालिका, नव विवाहिता जोडी युवतीहरुलाई दशैंमा जम्मा भएको केही हजार रुपैयाँले बीमा गर्न प्रस्ताव राख्ने यो सबैभन्दा उत्तम बेला हो । दशैंमा दिने दक्षिणालाई अलिकित जोगाउँदा एउटा बीमा पोलिसी नै खरिद हुनसक्छ भनेर बीमा अभिकर्ता साथीहरुले सम्झाउन सक्नु भयो भने करोडौं रुपैयाँ राज्यको ढुकुटीमा पुँजिको रुपमा जम्मा हुन पुग्दछ ।

५) निर्धक्क बीमा प्रस्ताव राख्ने गर्नुपर्दछ । दशैंको मौकामा हुनसक्ने आम्दानी र आम्दानी अनुसारको बीमा प्रस्ताव बीमा अभिकर्ताहरुले निर्धक्क रुपमा राख्न सक्नु पर्दछ । बीमा प्रस्ताव राख्न पछि हट्नु भएन । ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन’ भने झै बीमा अभिकर्ताहरुले प्रस्ताव नै राख्नु भएन भने कसरी बीमा व्यवसाय बृद्धि हुन्छ र ? हो, त्यसैले जो जो अभिकर्ता हुनुहुन्छ, आफ्नो सम्बन्ध र सर्कलका आधारमा सूचि बनाएर दशैं मनाउँदै प्रस्ताव अघि बढाउन नभुल्नुस्, नहिच्किचाउनुस् । बालबच्चा र आश्रित परिवारको लागि बीमा जरुरी छ, दैनिक ५० रुपैयाँ मात्रै जोगाउन सकियो भने पनि लाखौं रुपैयाँको जोखिम रक्षावरण र ठूलो बीमाङ्कको बीमा गराउन सकिन्छ भनेर सम्झाउनु होला । ‘कमाउनु ठूलो कुरा होइन, जोगाउनु ठूलो कुरा हो’ भन्दै बीमा सचेतना बृद्धि गर्दा बीमा गर्लान् नगर्लान् तर बचत गराउन सिकाउँदा देशलाई समेत फाइदा हुने हुँदा आजै प्रस्ताव राख्न ढिलाई नगरौं । –मनिष सोतीबाट

2 thoughts on “सम्पूर्ण बीमा अभिकर्ताहरुले दशैं तिहारमा गर्नैपर्ने ५ काम, बीमा अभिकर्तालाई प्रशिक्षक कमल पाण्डेको टिप्स

  1. Raju Giri says:

    Great idea sir

  2. भेष कुमारी (बि.के.)राई says:

    नमस्कार,
    अत्यावश्यक, जरूरी र महत्वपूर्ण समाचार सम्प्रेषण गर्नु हुने द्वोय पत्रकार तथा आदरणीय बरिष्ठ बिमा प्रशिक्षक “कमल बहादुर पाण्डे” सलाम।
    समय_समयमा यस्ता सकारात्मक सोच, जनचेतना, ज्ञानबाट उत्पेणित समस्त वर्गको कल्याण हुनेछ। सबैको सदा सर्वदा जय होस्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*