नबिल इन्भेष्टमेन्ट बैंकिङको वार्षिक साधारणसभा आह्वान, लाभांश प्रस्ताव मुख्य एजेण्डा

२६ आश्विन २०७८, मंगलवार ११:१५

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले १२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकिङको संचालक समितिको बैठकले आउँदो कात्तिक १७ गते नक्सालस्थित कम्पनीको सभा कक्षमा बिहान १०ः३० बजेबाट वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि घोषित चुक्तापुँजीको ३५ प्रतिशतले हुन आउने ७ करोड रुपैयाँ बराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ १ दशमलव ८४ प्रतिशतले हुन आउने ३६ लाख ८४ हजार २१० दशमलव ६ रुपैयाँ बराबरको नगद लाभांश अनुमोदन गर्नेछ।

सभाले कम्पनीकाृ अधिकृत पुँजी वृद्धि गरी १ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*