मध्य भोटेकोशी जलविद्युतको आइपीओमा अन्तिम दिनमा कति पर्यो आवेदन ?
२५ आश्विन २०७८, सोमबार २१:०४
काठमाडौं । मध्य भोटेकोशी जलविद्युतको आइपीओमा सर्वसधारणहरुले ३ करोड ४३ लाख ६० हजार १० कित्ताको लागि आवेदन दिएका छन् ।
कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सोमबार साँझ सम्ममा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ अर्ब ४३ करोड ६० लाख १ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ४।१९ गुणा बढी हो ।
असोज २० गतेबाट कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण शेयर कम्पनाीले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।