अबदेखि भाखा नाघेको ६ महिनासम्म धितो लिलामीको सूचना कुनै पनि बैंक तथा वित्तीय संस्थाले निकाल्न नपाउने

२५ आश्विन २०७८, सोमबार १५:४७

काठमाडौं । अबदेखि कर्जाले भाखा नाघेको ६ महिनाअघि नै धितो लिलामीको सूचना कुनै पनि बैंक तथा वित्तीय संस्थाले निकाल्न नपाउने भएका छन् । राष्ट «बैंकले एक सूचना जारी गर्दै कर्जा असूली सम्बन्धमा नयाँ व्यवस्था गर्दै एक वर्षभन्दा बढी अबधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्बजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई कम्तीमा शंकास्पद वर्गमा वर्गीकरण भएको हुनुपर्ने भनेको छ।

राष्ट्र बैंकले नयाँ व्यवस्थाले कर्जाको भाखा नाघेको १, २ महिना नबित्दै ऋणिको नाममा सार्वजनिक सूचना निकाल्ने तथा कर्जा लिँदा सम्बद्ध ऋणिले राखेको धितोको लिलामीको कारबाही सुरु गर्न हतारो गर्ने बैंकहरुलाई रोकिदिएको छ ।जसका कारण ऋणीले समेत राहात पाउने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*