नेप्से २३ अंकले घट्दा, नबिल बैंकको १७ करोड माथिको शेयर कारोबार

२५ आश्विन २०७८, सोमबार १५:२३

काठमाडौं । नेप्से २३ दशमलव १९ अंकले घटेर १२३६। ३८ को विन्दुमा कायम भएको छ। नेप्सेमा सूचीकृत २१९ कम्पनीको ९३ लाख १४ हजार ७ सय ८० कित्ता बराबरको शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आन ग्लोबल आइएमई समुन्नतका ईकइधनीको शेयरमा सर्किट लागेको छ। ईकाईको सर्किट लेभलमा कारोबार भएर ईकाईको शेयर ९ दशमलव ९० अंकले वृद्धि भएको छ।
सानिमा लाइफको शेयर ७ दशमलव ८८, निफ्राको शेयर ५ दशमलव ०९ अंकले, कुमारी इक्विटी फन्डको ३ दशमलव ३८ अंकले र हिमालयन डिस्टीलरीको शेयर २ दशमलव ९१ अंकले वृद्धि भएको छ।

आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १७ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ। हिमालयन डिस्टीलरी, महालक्ष्मी विकास बैंक र नेपाल बैंकको शेयर कारोबार धेरै भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*