नेरुडे लघुवित्तको लाभांश घोषणा
२५ आश्विन २०७८, सोमबार १५:०४
काठमाडौं ।नेरुडे लघुवित्तले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट शेयरधनीको लागि लाभांश घोषणा गरेको छ । कम्पनीले कुल २२ दशमलव ६१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
लघुवित्तको असोज २४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २१ दशमलव ४९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव ६२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।