मध्य भोटेकोशीको आईपिओमा आवेदन दिने समय सकिदै

२५ आश्विन २०७८, सोमबार ११:२९

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले असोज २० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओमा आवेदन दिने समय आज सकिदैछ । आज अपरान्ह ५ बजेबाट उक्त आईपिओमा आवेदन बन्द हुने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्काशन गरेकोमा ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी रहेको ८१ लाख ९० हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार हिजोसम्ममा कूल २१ लाख ५९ हजार २६ आवेदकबाट ३ अर्ब २९ करोड ७७ लाख १७ हजार रुपैयाँ बराबरको ३ करोड २९ लाख ७७ हजार १७० कित्ता शेयरको लागि आवेदन परेको छ । जम्मा ८ लाख १९ हजार जनाले शेयर पाउने मध्ये भोटेकोशी जलविद्युत कम्पनीको शेयर गोलाप्रथाबाट बाडफाँड हुनेछ ।

सो आईपिओमा आवेदन दिने समय अबको केही घण्टाभित्रैमा सकिने हुँदा आवेदन दिन बाँकी हुनेहरुले समयमै आवेदन दिइसक्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*