मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आइपीओमा ४ गुणा बढीको आवेदन

२४ आश्विन २०७८, आईतवार १९:०६

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत्को आईपीओमा आजसम्ममा साढे २१ लाखभन्दा बढीले आवेदन दिएका छन् ।कम्पनीको विक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका आइतवार साँझसम्ममा उक्त कम्पनीको आईपीओमा २१ लाख ५९ हजार २६ जना आवेदकले ३ अर्ब २९ करोड ७७ लाख १७ हजार रुपैयाँ बराबरको ३ करोड २९ लाख ७७ हजार १७० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो सर्वसाधारणलाई छुट्याएको आईपीओमा ४ दशमलव शून्य ३ गुणा बढी आवेदन हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*