एउटा मात्र बीमाशुल्क बुझाएको विमित परिवारलाई एलआईसी नेपालद्वारा १२ लाख ३९ हजार दाबी भुक्तानी

२४ आश्विन २०७८, आईतवार १७:४१

काठमाडौं । सामान्य दुर्घटनामा घाइते भई उपचारमा क्रममा ज्यान गुमाएका बीमितका परिवारलाई एलआइसी नेपालले मृत्यु दाबी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको छ ।बीमा वापतको दाबी रकम मृतकका श्रीमान गिर बहादुर मगरलाई बिमांक बापत ६ लाख, दुर्घटना बापत ६ लाख र सो अबधिको आर्जित बोनश सहित जम्मा १२ लाख ३९ हजार ६ सयको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

करिब तिन महिनाअधि धादिङ जिल्ला ज्वालामुखी गाउपालिका ३ निवासी निर्मला तामाङले एलआइसी नेपालको धादिङ शाखाबाट ६ लाख बराबरको जीवन बीमामा पोलिसी लिएकी थिइन्। पहिलो किस्ता बापत जम्मा ४९६२० बुझाएकि निर्मला २०७८ असारको १३ गते सामान्य किनमेलको लागि धादिङबेसि आएर घर फर्किने क्रममा धाइते भएकी थिइन् । सोही क्रममा उनको मृत्यु भयो ।

एलआइसी धादिङ शाखाका शाखाप्रमुख नरेन्द्र बिष्ट, एजेन्सी मेनेजर द्वय बेधनिधि पाठक तथा राजकुमार तिमिल्सिनाको उपस्थितमा मृतकको घरमै पुगेर उक्त चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ। कार्यक्रममा बोल्दै शाखा प्रमुख नरेन्द्र बिष्टले मृत्यु जहिले दुःखद हुने तर सत्य भएकाले यस बाट हुनसक्ने आर्थिक क्षेती न्यूनीकरण गर्न सबैले बिमा गर्नुपर्नेमा जोड दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*