डिप्रोक्स लघुवित्तको साधारणसभा सम्पन्न, लाभांश अनुमोदन

२४ आश्विन २०७८, आईतवार १३:३०

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २० औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। आर्थिक वर्ष २०७७/७८ को लाभांश अनुमोदन गरेको छ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १ दशमलव ०५३ प्रतिशत नगद लाभांश अनुमोदन गरेको हो।

बोनस शेयरपछि संस्थाको चुक्तापुँजी १ अर्व ३८ करोड ७४ लाख पुगेको छ । सभामा संचालक समितिका तर्फबाट अध्यक्ष खनालले आव २०७७/७८ को बार्षिक प्रतिवेदन पेस गरेका थिए भने संस्थाका सिइओ शेषरमण आचार्यले स्वागत मन्तव्य राखेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*