मार्केट पण्डित क्यापिटलको वार्षिक साधारण सभा कात्तिक १३ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा

२४ आश्विन २०७८, आईतवार १२:०४

काठमाडौं । मार्केट पण्डित क्यापिटल एण्ड मर्चेण्ट बैंकिङले ४ औं वार्षिक साधारण सभा कात्तिक १३ हुने भएको छ । सभा क्यापिटलको रजिष्टर्ड कार्यालय ललितपुरमा दिउँसो ४ बजे शुरु हुने क्यापिटलले जनाएको छ ।

क्यापिटलले असोज १९ गते बसेको संचालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।सभाले संचालक समितिबाट सिफारिस भए हाल कायम चुक्तापूँजीको ४२ दशमलव ८६ प्रतिशत बोनस र कर प्रयोजनका लागि १० दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाको अन्य प्रस्तावमा कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, सञ्चालक समितिको पनर्गठन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*