नेशनल लाइफ इन्स्योरेन्स चाडपर्वको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

२३ आश्विन २०७८, शनिबार ११:०८

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी काठमाण्डौ शाखाले बिजया दशमी,दीपावली ,नेपाल सम्बत तथा छठ पर्वको शुभकामना आदान–प्रदान तथा ब्यवसाय अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीको काठमाण्डौ शाखाको तत्वावधानमा संयोजक द्वय चिफ बिजनेश अफिसर रबिन्द्र राज श्रेष्ठ एवं बरिष्ठ ब्यवशाय प्रबन्घक दिपक श्रेष्ठले एक बिशेष कार्यक्रम को आयोजना गरि बिजया दशमी,दीपावली ,नेपाल सम्बत तथा छठ पर्वको शुभकामना आदान–प्रदान तथा ब्यवसाय अभिवृद्धि कार्यक्रमको आयोजनमा कार्यक्रम सम्पन्न गरेको हो ।

काठमाडौ शाखा प्रमुख जयराम धिताल एवं संयोजक द्वय रबिन्द्र राज श्रेष्ठ तथा दिपक श्रेष्ठले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।रबिन्द्र राज श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्दैे उक्त कार्यक्रममा अर्का संयोजक दीपक श्रेष्ठले शुभकामना कार्ड बितरण गर्नुका साथै अभिकर्ता हरुलाइ फूल माला एवं खादा बितरण गरिएको थियो ।

साथै कम्पनिको बार्षिक लक्षका साथै इन्सेन्टिभ एवं बजारमा अत्याधिक रुचाइएको अमृत श्री बीमा योजनाको बारेमा पनि चर्चा गरिएको थियो ।काठमाण्डौ शाखा प्रमुख श्री जयराम धितालले कार्यक्रममा बोल्दै बीमको दरिलो पिल्लर एवं बीमा क्षेत्रको राजदुत मानिने अभिकर्ताहरुको ब्यवसाय अभिवृद्धिनाइ उत्प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको यस्ता कार्यक्रमले अभिकर्ताको क्षमताबृद्धिमा महत्वपूर्ण भूमिका निभाउने बिश्वास ब्यक्त गरे ।

उक्त कार्यक्रममा कम्पनिलाइ उत्कृष्ट ब्यवशाय प्रदान गर्ने ७ जना अभिकर्ताहरुलाइ सम्मान गरिएको थियो सम्मानित हुनेअभिकर्ता हरु सातौं नम्बरबाट प्रथम स्थान हांसिल गरेका अभिकर्ताहरु क्रमशः डा. गृष्मा प्रधान , देवराज श्रेष्ठ, सुमेश रत्न तुलाधर , बिकाश अधिकारी, डा. पूर्ण रत्न शाक्य , कृष्णेश्वरी हाछेथु श्रेष्ठ र छोटो समयमा सर्वोत्कृष्ट ब्यवशाय ५२,३२,६११/– बीमाशुल्क संकलन गरि सर्वोत्कृष्ट हुनु भएको सह–संयोजक श्री दीपक शेष्ठलाइ पुरस्कार बितरण एवं कार्यक्रममा सम्मान गरिएको थियो ।
समाजमा छरिएर रहेको पूँजीलाइ एकत्रित गरि राष्ट्रीय अर्थतंत्रलाइ मजबुत बनाउन सघाउ पुर्याउने बीमा क्षेत्र बास्तविक रुपमा समाजसेवाको दोस्रो नाम हो भन्दै सहायक क्षेत्रीय प्रबन्धक सुमोद थापाले समापन मन्तब्य राख्नु भएको थियो । भने जयराम बिडारीले कार्यक्रमको संचालन गर्नुभएको थियो । उपस्थित सबैलाइ खाजाको राम्रो प्रबन्ध मिलाइएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*