कस्तो रह्यो यो साता शेयर बजार ? हेरौं साप्ताहिक विश्लेषण

२३ आश्विन २०७८, शनिबार ०९:३६

काठमाडौं । हिन्दुहरुको महान् चाड बडादशैंको आगमनले यो साता चार दिन मात्र शेयर कारोबार भएको छ । साताको पाचौं दिन घटस्थापनाको सार्वजनिक विदाका कारण चार दिनमात्र संचालन भएको हो । साताको पाँच दिन कारोबार हुने भएपनि सार्वजनिक बिदाको कारण यो साता चार दिन शेयर कारोबार भएको हो ।

यो साता शेयर बजार दुई दिन वृद्धि भएको छ भने दुई दिन घटेको छ । पहिलो कारोबार दिन ५५ दशमलव ९३ र दोस्रो दिन ६ दशमलव ६८ अंकले घटेको बजार तेस्रो दिन ४१ दशमलव ८४ अंक र चौथो दिन ६८ दशमलव ४७ अंकले बढेको हो ।

गत साताको अन्तिम कारोबार दिन २ हजार ६३३ दशमलव ४२ विन्दुमा रहेको नेप्से परिसूचक यो साता ४७ दशमलव ६९ अंक माथि उक्लिएर २ हजार ६८१ दशमलव ११ विन्दुमा कायम भएको छ।
सूचीकृत कम्पनीहरुले सार्वजनिक गरेका गत वर्षको लाभांशका कारण लगानीकर्ता उत्साहित भएको छ । हालसम्म १५ लघुवित्त, सात वाणिज्य बैंक सहित डेढ दर्जनभन्दा बढी कम्पनीहरुले गत वर्षको लाभांश प्रस्ताव गरिसकेका छन् ।

अधिकांश कम्पनीहरुले यस वर्ष बढाएर आकर्षक लाभांश प्रस्ताव गरेसँगै बजारमा फेरी उत्साह देखिएको हो । यो साता १५ अर्ब २३ करोड रुपैयाँ बराबरको ३ करोड ६ लाख ३४ हजार १ सय ८२ कित्ता शेयर खरीदविक्री भएको छ । गत साता पाँच कारोबार दिनमा २६ अर्ब ९ करोड रुपैयाँ बराबरको ५ करोड ५
२ लाख २२ हजार ६ सय ४८ कित्ता शेयर कारोबार भएको थियो । यो साता १० अर्ब ८५ करोड रुपैयाँ बराबरको २ करोड ४५ लाख ८८ हजार ४ सय ६६ कित्ता कम शेयर कारोबार भएको हो ।
गत साताको ३६ खर्ब ८६ अर्ब रुपैयाँ रहेको रे कुल बजार पूँजीकरण रकम यो साता ३७ खर्ब ५३ अर्ब रुपैयाँमा कायम भएको छ । गत साताभन्दा यो साता कुल बजार पूँजीकरण रकम ६६ अर्ब ७५ करोड रुपैयाँले बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*