डिप्रोक्स लघुवित्तको वार्षिक साधारण सभा आज , एजेण्डाहरु यस्ता छन्

२३ आश्विन २०७८, शनिबार ०५:३५

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २० औं वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीले सभा आज बिहान ११ बजे चितवन गार्डेन रिर्सोट, भरतपुरमा बोलाएको हो । असोज ११ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।

साधारण सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
शेयर संरचना र कर्मचारी पद समायोजनको विषयमा नाडेप लघुवित्तसँग असहति भएकाले मर्जर प्रक्रिया अघि नबढेको र मर्जर गर्न नसकिने भन्दै कम्पनीले यो विषय राष्ट्र बैंकलाई जानकारी गराएको छ ।

कम्पनीले सोही विषयमा अहिलेसम्म भए गरेका कामलाई अनुमोदन गर्ने र अहिलेसम्मका काम नियमन निकायहरुको निर्देशन अनुसार गराउनलाई सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने र अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसेका सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*