मुक्तिनाथ विकास बैंकको रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसिएफसि फाईनान्सबाट लिन सकिने

२३ आश्विन २०७८, शनिबार ०५:४०

काठमाडौं । मुक्तिनाथ विकास बैंकको रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आईसिएफसि फाईनान्सको शाखाबाट पनि सेवा लिन पाउने
भएका छन् ।

बैंक र फाईनान्सबीच भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ्ग र आईसिएफसि फाईनान्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत अमित श्रेण्ठले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकको रेमिट सेवाको झुक्तानी आईसिएफसि फाईनान्सको २० शाखा बाट सजिलै लिन सकिने छ । मुक्तिनाथ रेमिटले आफ्नो कारोबार देशभरी रहेका ४५०० भन्दा बढि झुक्तानी केन्द्रबाट गर्दै आईरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*