बाँकेमा चम्कदै नेशनल लाइफको व्यवसाय, खजुरामा तेस्रो शाखा भव्य रुपमा उद्घाटन

२२ आश्विन २०७८, शुक्रबार १८:०४

काठमाडौं । बाँकेमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसाय चम्कदै गएको छ । बीमा व्यवासयमा आएको बृद्धिसँगै बाँकेको खजुरामा नेशनल लाइफको नयाँ शाखा विस्तार गरेर बीमा व्यवसाय अझै बृद्धि गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

बाँकेको खुजरामा बिहिवार घटनस्थापनाको दिनमा पारेर गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले नयाँ शाखाको भव्य रुपमा उद्घाटन गरेका छन् । सो गाउँपालिकाका उपाध्यक्ष एक माया विक तथा नेशनल लाइफ नेपालगन्ज शाखा प्रमुख दिपनारायण खनालको उपस्थितिमा बीमा अभिकर्ता, स्थानीयबासीहरुको उपस्थितिमा भव्य रुपमा शुभारम्भ गरिएको सो कम्पनीले जनाएको छ ।

देशैभरि आक्रामक रुपमा शाखा विस्तार अभियानमा रहेको नेशनल लाइफले बर्दियाको भुरीगाउँ र बाँकेको खजुरामा नयाँ शाखा विस्तार गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कक्षपतिले भने, ‘बीमा दुःख सुखको साथी हुन्छ, बीमाको सबैले प्रबद्र्धन गर्नुपर्दछ ।’ कार्यक्रममा समृद्ध खजुरा भन्ने गाउँपालिकाले सञ्चालन गरेको अभियानमा सबै बीमा कम्पनीहरुको साथ र सहयोग रहने अध्यक्ष कक्षपतिले विश्वास व्यक्त गरे । साथै उनले नेशनल लाइफको खजुरा शाखा गाउँपालिकाकै पहिलो बीमा कम्पनी भएको उल्लेख गर्दै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

नेशनल लाइफ खजुरा शाखा प्रमुख विवाखर रिमालले सो क्षेत्रमा बीमाको विस्तारको लागि आफू हरदम प्रयत्नशिल रहने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा रेडक्रसकर्मी जीवनाथ सापकोटासहित नेशनल लाइफ राष्ट्रिय प्रथम बिजेता अवार्डद्वारा पटक पटक सम्मानित भइसकेका शंकर लामिछाने अशान्त, गंगा शर्मा लगायतका सहितका लिडरहरुले नेशनलको नयाँ शाखको सफलताको शुभकामना दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*