यस्तो छ नेको इन्स्योरेन्सको ९ आर्थिक बर्षको लाभांश इतिहास, कति कमाए शेयरधनीले ?

२२ आश्विन २०७८, शुक्रबार १६:१४

काठमाडौं । शेयरधनीलाई उत्कृष्ट लाभांश वितरण गर्दै आएको नेको इन्स्योरेन्स कम्पनीले नौ अवधीको समीक्षा गर्दा अधिकांश समय डबल डिजिटको लाभांश दिँदै आएको छ । कम्पनीको विगतको लाभांश समीक्षा गर्दा आव २०७५।७६ मा नगद लाभांश ८ प्रतिशत दिएको बाहेक पछिल्लो दशकमा दोहोरो अंकको बोनस शेयर लाभांश वितरण गर्दै आएको छ ।सबैभन्दा सकारात्मक पक्ष भनेको कम्पनीले २०७२ सालको भुकम्प गएपछि सबैभन्दा धेरै लाभांश वितरण गर्न सफल भएको छ । कम्पनीले भुकम्प गएको वर्ष र त्यस लगत्तैको आवमा सबैभन्दा उत्कृष्ट लाभांश दिएको थियो ।

नेको इन्स्योरेन्स कम्पनीको नौ आर्थिक वर्षको लाभांश इतिहास नियाल्दा कम्पनीले सबैभन्दा धेरै आर्थिक वर्ष २०७२/७३ मा २१.०५ प्रतिशत लाभांश (२० प्रतिशत बोनस र १ दशमलव ०५ प्रतिशत नगद) वितरण गरेको थियो भने सबैभन्दा कम आव आर्थिक वर्ष २०६७/६८ मा ५ प्रतिशत बोनस वितरण गरेको थियो । आर्थिक वर्ष २०६७÷६८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बोनस वितरण गरेको थियो । उक्त आर्थिक वर्षमा कम्पनीले नगद दिएको थिएन ।

आर्थिक वर्ष २०६८/७९ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ११ दशमलव ५ प्रतिशत बोनस वितरण गरेको थियो । यो वर्ष पनि कम्पनीले नगद दिएको थिएन ।आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १२ दशमलव ७१ प्रतिशत बोनस र ०.६७ प्रतिशत नगद गरि कूल १३ दशमलव ३८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७१/७२ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ० दशमलव ६८ प्रतिशत नगद गरि कूल १५ दशमलव ६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।आर्थिक वर्ष २०७२/७३ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बोनस र १ दशमलव ०५ प्रतिशत नगद गरि कूल २१ दशमलव ०५ प्रतिशत नै लाभांश वितरण गरेको थियो ।

त्यसैगरि, आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ० दशमलव ५२ प्रतिशत नगद गरि कूल १० दशमलव ५२ प्रतिशत नै लाभांश वितरण गरेको थियो ।आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बोनस र ० दशमलव ६३ प्रतिशत नगद गरि कूल १२ दशमलव ६३ प्रतिशत नै लाभांश वितरण गरेको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ८.१६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यो वर्ष कम्पनीले बोनस दिएको थिएन् ।आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १५.५ प्रतिशत बोनस र ०.८२ प्रतिशत नगद गरि कूल १६.३२ प्रतिशत नै लाभांश वितरण गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*