सूर्या लाइफको सुखड शाखाद्धारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न

२२ आश्विन २०७८, शुक्रबार १३:४९

सूर्या लाइफ इन्स्योरेन्सको सुखड शाखाको आयोजनामा वाशिश्टा होटेल सुखडमा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम भएको छ । बीमा व्यावसाय अभिबृद्धिका लागि कार्यक्रमको आयोजना गरियको हो । कार्यक्रममा सुर्या लाइफ इन्स्योरेन्स क लि का सुदुरपश्चिम प्रदेश प्रमुख जगदीश प्रसाद भट्ट, एरिया ब्रान्च मेनेजर रबिद्र हमालले प्रशिक्षण दिएका हुन् ।

आर्थिक बर्ष व २०७७/७८ मा सुखाड शाखाबाट सेल्फ बिजिनेस तर्फ प्रथम स्थान राजेश चौधरी द्धितिय हेम राज चौधरी र तृतीय स्थान प्राप्त गर्ने दिपेन्द्र बहादुर रावल लाई सम्मानित गरियको छ ।यसै गरि आ व २०७७/७८ मा सुखड शाखा बाट समुह बिजिनेस तर्फ प्रथम स्थान राजेश चौधरी द्धितिय लाल बहादुर धामी र तृतीय स्थान प्राप्त गर्ने भागरथि कुमारी भट्टराई सम्मानित भयको जानकारी सुखड शाखाका शाखा प्रमुख धन सिंह धामीले गरेका हुन् ।

कम्पनी तथा बिमा व्यावसाय वृद्धि तथा बीमा जनचेतना जगाउन अभिकर्ताको मुख्य भुमिका रहेको कुरा सुखड शाखाका शाखा प्रमुख धन सिंह धामीले राखेका छन। कार्यक्रमको सहजीकरण सुखड शाखा प्रमुख धन सिंह धामिले गरेका छन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*