स्वावलम्बन लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

२२ आश्विन २०७८, शुक्रबार ११:५३

काठमाडौं । स्वावलम्बन लघुवित्तले शेयरधनीलाई गत आर्थिक बर्षको नाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले ६ प्रतिशत नगद लाभांश करसहित र १९ प्रतिशत बोनस शेयर गरेर कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तको असोज २१ गते सम्पन्न संचालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती भएपश्चात् र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि मात्र शेयरधनीले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*