बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

२२ आश्विन २०७८, शुक्रबार ११:३७

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो ।
रिजल्ट सार्वजनिक भएपछि कम्पनीको आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले (https://iporesult.cdsc.com.np/) सञ्चालनमा ल्याएको नामक वेभसाइटबाट, सिभिल क्यापिटलको वेभसाइट (https://www.civilcapitalmarket.com/), बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको वेभसाइट(https://buddhabhumihydro.com/)  र मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

सो आईपीओमा कुल २० लाख ३० हजार ९ सय ५५ जनाले कुल २ करोड ४४ लाख ३ सय ७० कित्ता शेयरका लागि आवेदन गरेका थिए। जसमध्ये १६ हजार ३३ जनाको आवेदन अस्वीकृत भएको क्यापिटलले जनाएको छ। बाँकी स्वीकृत भएका २० लाख १४ हजार ९ सय २२ जनामा गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गरिएको हो।
स्वीकृत आवेदनहरुमध्ये भाग्यमानी ७४ हजार ४ सय जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकि आवेदकको आवेदक हात खाली हुने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*