बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कतिले पाए शेयर ?

२२ आश्विन २०७८, शुक्रबार ११:२७

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो ।कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

सो आईपीओमा कुल २० लाख ३० हजार ९ सय ५५ जनाले कुल २ करोड ४४ लाख ३ सय ७० कित्ता शेयरका लागि आवेदन गरेका थिए। जसमध्ये १६ हजार ३३ जनाको आवेदन अस्वीकृत भएको क्यापिटलले जनाएको छ। बाँकी स्वीकृत भएका २० लाख १४ हजार ९ सय २२ जनामा गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गरिएको हो।स्वीकृत आवेदनहरुमध्ये भाग्यमानी ७४ हजार ४ सय जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकि आवेदकको आवेदक हात खाली हुने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*