मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने

२१ आश्विन २०७८, बिहीबार १८:२१

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणको लागि ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको आईपीओ निष्काशनको लागि मेगा क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त भएको छ । उक्त सम्झौतापत्रमा मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

१ अर्व अधिकृत पुँजि र ४० करोड जारी पुँजि सहित स्थापना भएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्याइएको थियो ।
सम्झौता अनुसार यहि वर्षको चैत्र मसान्त भित्र निष्काशनको सवै प्रकृया पुरा गरी जारी गर्ने कम्पनीको लक्ष्य लिएको छ । आवश्यकता अनुसार मुक्तिनाथ कृषि कम्पनीले जारी पुँजि बढाएर धेरै भन्दा धेरै सर्वसाधारणलाई जोड्ने उद्धेश्य लिएको पनि जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*