सनराइज बैंकले गर्यो वार्षिकोत्सवको अवसरमा बाल मन्दिरलाई सहयोग

२१ आश्विन २०७८, बिहीबार १७:२६

काठमाडौं । सनराइज बैंकले आफ्नो १४ औं वार्षिकोत्सवको बाल मन्दिरलाई सहयोग गरेको छ। बैंकले आफनो बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरलाई सहयोग गरेको हो ।

नेपाल बाल संगठन, बाल मन्दिर नक्सालस्थित भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल बाल संगठन, बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलार्ई चेक हस्तान्तरण गरेका थिए ।

बैंकले सधै झै आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामाग्री, लत्ताकपडा आदि वितरण गदै आएकोमा यस वर्ष आउदै गरेको दशैंमा बालबालिकाको लागि नयाँ कपडा किन्नको लागि नगद एक लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*