ज्योति लाइफका संचालक अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा र्निवाचित

२१ आश्विन २०७८, बिहीबार १६:२२

काठमाडौं । ज्योति लाइफ इन्स्योेरेन्स कम्पनीका संचालक जयन्त कुमार अग्रवाल शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय गैरनाफामूलक संस्था राउण्ड टेबल नेपालको तर्फबाट राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली जयन्त कुमार अग्रवाल हुन् अग्रवालले राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्षको कार्यकाल समाप्ती पछि राउण्ड टेबल इन्टरनेशनलका अध्यक्षका रुपमा कार्य गर्नेछन् । राउण्ड टेबल संसारको ६८ देशहरुमा क्रियाशील संस्था हो । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ । यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*