जनचेतनामूलक कार्यक्रममा बीमा कम्पनीहरुलाई सहभागी हुन बीमा समितिका अध्यक्ष सिलवालको निर्देशन

२१ आश्विन २०७८, बिहीबार १३:४९

काठमाडौं । जीवन बींमक संघले आयोजना गरेको कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा जनचेतनामूलक कार्यक्रममा सक्रिए सहभागी भएर लाग्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् ।

जीवन बींमक संघले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले जीवन बीमक संघलाई यस्तो निर्देशन दिएको हो । बीमा समितिले हाल विभिन्न जिल्लाहरुमा गर्दै आईरहेको बीमा सचेतनामूलक कार्यक्रममा सशक्त रुपमा लाग्न समितिका अध्यक्ष सिलवाले जीवन बीमा कम्पनीका सिईओहरुलाई यस्तो निर्देशन दिएका हुन् । यो कार्यक्रम बीमाको दायरा बढाउन बीमा कम्पनीहरुका लागि नै ल्याएको हुँदा सक्रिय रुपमा कार्यक्रममा सहभागी हुन उनले आग्रह गरे ।  आगामी दिनमा बीमा कम्पनीहरु पनि बीमा चेतनाका लागि यस्तो कार्यक्रम अघि बढाउन समेत निर्देशन दिएका छन् ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल , कार्यकारी निर्देशक राजुरमण पौडल , निर्देशक तथा उप साथै कार्यक्रममा जीवन बीमंक संघबाट प्रतिनिधित्व गरेका सम्पूर्ण जीवन बीमा कम्पनीहरुका सिईओको पनि उपस्थिती रहेको थियो ।कार्यक्रममा जीवन बीमा कम्पनीका सिईओहरुले अघिल्लो चरणमा भएका छलफलको बारेमा कुराकानी गरेका थिए । जीवन बीमा कम्पनीहरुका लागि भएका निर्देशिकाहरुको पालना र त्यस्को समस्या र समाधानकने बिषयमा छलफल भएको थियो ।कार्यक्रममा उपस्थित जीवन बीमा कम्पनीका सिईओहरुले एक्चुरी भ्यालुएसनको बिषयमा कसरी निक्यौल निकाल्न सकिन्छ र त्यस्को विकल्पको बारेमा छलफल गरिएको थियो ।

त्यस्तै, संस्थागत सुशासनका बिषयमा र बोनसदर निधारणको बिषयमा कार्यक्रममा छलफल गरिएको थियो ।कार्यक्रममा बीमा समितिका अध्यक्ष सिलवालले उठेका प्रश्नको जवाफ दिँदै समितिले उचित बिषयलाई लिएर त्यसको कार्यान्वयनमा लाग्ने  बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*