प्रभु लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

२० आश्विन २०७८, बुधबार २०:१२

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक केदार बहादुर अधिकारीको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी दिएको हो।
शाखा कार्यालय गोंगबुमा एक कार्यक्रमका बीच उक्त दाबी रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले मृतककी श्रीमति शुशिला घिमिरेलाई प्रदान गरेका हुन् ।

धादिङ जिल्ला गंगाजमुना गाउँपालिका घर भएका बीमित अधिकारीले डेढ वर्ष अघि प्रभु लाइफ शाखा कार्यालय गोंगबुबाट १५ लाख रुपैयाको २० वर्षे अवधि राखेर आफ्नो जीवन बीमा गराएका थिए ।
निज बीमितको कोरोनाको कारणले अस्पतालमा मृत्यु भएको थियो । कूल बीमाङ्क रकम १५ लाख र आर्जित बोनस सहित जम्मा १६ लाख १२ हजार ५ सय रुपैयाँको चेक कम्पनीले बीमितको परिवारलाईहस्तान्तरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*