बाग्लुङ र बेनीमा युवासँग महालक्ष्मी लाइफको कार्यक्रम सम्पन्न

२० आश्विन २०७८, बुधबार १४:२४

काठमाडौं । ।युवा वर्गमा बीमा सँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाईफ इन्स्योरेन्सले आश्विनको पहिलो हप्ताबाट प्रारम्भ गरेको ूयुवा संग—महालक्ष्मी लाईफू बीमा जागरण राष्ट्रिय अभियान छोटो अवधिमा व्यापक हुँदै गइरहेको छ । यसै सिलसिलामा म्याग्दीको बेनी र बागलुङबजारमा पनि बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत युवा संग महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न भएको छ ।

आज विहान बेनी सामूदायिक माध्यमिक विद्यालयमा संचालन भएको कार्यक्रममा १०५ जना विद्यार्थीहरु सहभागि भएका छन । प्रधानाध्यापक काशिराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य एजेन्सी म्यानेजर दिलमाया विटालुले राख्नु भयो । सावित्रा खत्रीले संचालन गरेको कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रिय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

यसै क्रममा हिजो आश्विन १९ गते धौलागिरी बहुमुखि क्याम्पस बागलुङमा पनि युवा सँग महालक्ष्मी लाईफू बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । २५ जना सहभागी भएको कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख राम प्रसाद उपाध्यायले गर्नु भएको थियो । कम्पनीको बागलुङ कार्यालय प्रमुख विश्वनाथ आचार्यले संचालन गर्नु भएको कार्यक्रममा प्रशान्तराज धमला र जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण दिएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*