सबैको लघुवित्तको ३२.६८ प्रतिशत बम्पर लाभांश घोषणा

२० आश्विन २०७८, बुधबार १२:५२

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई आकर्षक लाभाश घोषणा गरेको छ।लघुवित्तले ३१ दशमलव शून्य ५ प्रतिशत बोनस शेयर र १ दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् । कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*