कनेक्ट आईपिएसबाट फण्ड ट्रान्सफर नभएर सेवाग्राही हैरान, एउटै कारोबार पटक पटक गर्नुपर्ने बाध्यता

२० आश्विन २०७८, बुधबार ०९:०१

काठमाडौं । काभ्रेका प्रकाश पन्तले मोबाईल एपमा कनेक्ट आईपिएसमार्फत रकम पठाउन खोजे तर जति पटक पठाए पनि इरर मात्रै आइरह्यो । तीन हजार रुपैयाँ साथीलाई फण्ड ट्रान्सफरमार्फत पठाउन खोज्दा दर्जनौं पटक प्रयास गर्दा असफल भएपछि उनी रोकिए ।

पन्त मात्रै होइन कनेक्ट आईपिएस रकम पठाउने जोसुकैले अनुभूति गरेको समस्या हो यो । कनेक्ट आईपिएसको सर्भर गुणस्तरीय नहुँदा सेवाग्राहीले सास्ती पाउँदै आएको आईटी क्षेत्रका जानकारहरुको भनाई छ । नेपाल क्लीयरिङ हाउसले सञ्चालनमा ल्याएको डिजिटल भुक्तानी प्रणालीले प्रभावकारी काम नगर्दा सेवाग्राहीले दुःख पाउने र एउटै कारोबार धेरै पटक प्रयास गर्दा दुई पटक रकम ट्रान्सफर हुने जोखिम बढेको छ ।

कनेक्ट आईपिएसको प्रयोग नेपाल क्लीयरिङ हाउसको एप, बैंक तथा वित्तीय संस्थाको मोबाइल एपमार्फत डिजिटल भुक्तानी गेटवे र कम्प्युटरमार्फत लगइन गरेर पनि रकम पठाउन सकिन्छ ।

तर, पछिल्ला दिनहरुमा कनेक्ट आईपिएसमार्फत रकम भुक्तानी गर्दा समस्या बढ्दै गएको प्रयोगकर्ताहरुको गुनासो छ । दशैंको समयमा हुने हतारको बेला पटक पटक रकमान्तर फेल भन्ने सन्देशले सेवाग्राहीहरुले हैरानी व्यहोर्नु परेको गुनासो गरेका छन् ।

One thought on “कनेक्ट आईपिएसबाट फण्ड ट्रान्सफर नभएर सेवाग्राही हैरान, एउटै कारोबार पटक पटक गर्नुपर्ने बाध्यता

  1. Bishonath tripathi says:

    मेरो त password नै गलत भन्छ । त्यै password पहिला ठिक हुन्थ्यो , अहिले किन गलत भएको ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*