राष्ट्रिय वाणिज्य बैंकको थप ७ नयाँ शाखा विस्तार

१९ आश्विन २०७८, मंगलवार १९:०७

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आज थप ७ नयाँ शाखा विस्तार गरेको छ। बागमती प्रदेशअन्तर्गत काठामाण्डौ जिल्लाको चन्द्रागिरीस्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरास्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदाबरीस्थित शाखा कार्यालय ठैव, भक्तपुर जिल्लाको कमलविनायकस्थित शाखा कार्यालय कमलविनायक, चितवन जिल्लाको बरुवाबजारस्थित शाखा कार्यालय माडी र सिन्धुपाल्चोक जिल्ला सदरमुकाम साँगाचोकगढीस्थित शाखा कार्यालय चौतारामा बैंकले शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको हो ।

साथै लुम्बिनी प्रदेशमा प्युठान जिल्लाको सदरमुकाम मल्लरानीस्थित शाखा कार्यालय प्युठानमा बैंकले नयाँ शाखा विस्तार गरी कारोबार सुरु गरेको छ। यी शाखासँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५४ पुगेको छ।

बैंंकका सिईओ किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट सर्वसाधारण एवं व्यवसायी उद्यमीहरुको वित्तीय पहुँचमा थप सघाउ पुगी आधुनिक बैंकिङ सेवा पाउने विश्वास व्यक्त गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*