६ घण्टा बन्द हुँदा फेसबुकलाई लाग्यो ६ अर्ब अमेरिक डलर घाटा

१९ आश्विन २०७८, मंगलवार १८:३२

काठमाडौं । ६ घण्टाको बन्द हुँदा फेसबुक, इन्टाग्राम र ह्वाट्स एपमा समस्या आँउदा ६ अर्ब अमेरिकी डलर भन्दा बढी सम्पति गुमाएका छन् । सोमबार फेसबुक तथा इन्स्टाग्राम र ह्वाट्स एप ६ घण्टासम्म सर्भर डाउन हुँदा ‘फेसबुक इन्क’ को सेयर भाउ ४ दशमलव ८९ प्रतिशतले घटेको थियो ।

जसका कारण जकरबर्गको सम्पतिमा ६ खर्ब ११ अर्ब डलरको गिरावट आएको हो । सेयर भाउमा भारी गिरावटपछि संस्थापक मार्क जकरबर्गको सम्पति घटेर १ खर्ब २२ अर्ब अमेरिकी डलरमा सिमित भएको छ।

आजको प्रि मार्केट सेसनमा भने फेसबुकको शेयर भाउ १ दशमलव २२ प्रतिशतले बढेको छ । सोमबार फेसबुकसँगै इन्स्टाग्राम र ह्वाट्स एपसमेत नचल्दा झण्डै ३.५ अर्ब प्रयोगकर्ताले ६ घण्टासम्म आफ्नो एकाउन्टमा पहुँच पाउन सकेका थिएनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*