बुद्धभुमि नेपाल हाइड्रोपावरको प्रि–अलटमेन्ट भोलि, यसै साता बाँडफाँड हुने

१९ आश्विन २०७८, मंगलवार १७:५०

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको प्रि अलटमेन्ट भोलि हुने भएको छ। कम्पनीको बिक्रि प्रबन्धक सिभिल क्यापिटलले भोसि प्रि अलटमेन्ट गरेसँगै यो साता आइपीओ बाँडफाँडको तयारीमा लाग्ने बीमापोष्टलाई जानकारी दिएको छ।

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणका लागि आइपीओ जारी गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणल दिने व्यवस्था गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*