रिलायबल नेपाल लाइफद्वारा ब्रेन ट्युमर पीडित गणेश मगरलाई पाँच लाख रुपैयाँ घातक रोग दावी भुक्तानी

१९ आश्विन २०७८, मंगलवार १७:२५

काठमाडौं । बीमितहरुले घातक रोग लागेको अवस्थामा समेत बीमा कम्पनीबाट दावी भुक्तानी लिई विभिन्न घातक रोगबाट आफूलाई आर्थिक रुपमा निश्चिन्त राख्न सफल भएका छन् । जीवन बीमा बचत र मृत्यु पछिको जोखिम मात्रै नभएर घातक रोग लागी अंगभंग भई बाँच्नु पर्दा समेत मानिसको जीवनका साहारा बनेर आउन थालेको छ ।

यसै क्रममा चितवन जिल्लाको भरतपुर रामघाट निवासी गणेश बहादर थापा मगरको जीवनमा पनि जीवन बीमा साहारा बनेर उभिन पुगेको छ । २०७७ साल फागुन २३ गते रिलायबल नेपाल लाईफ रिलायबल सुलभ जीवन बीमा पोलिसी खरिद गरेका उनलाई केही महिना पहिले एक्कासी टाउको दुख्यो, चेक जाँचको क्रममा ब्रेन ट्युमर भएको पुष्टि भयो ।उनी अस्पताल गए र उपचार गराए । जीवन बीमासँगै घातक रोग सुविधा समेत लिएका थापा मगरले घातक रोग बापतको उपचार खर्च पाँच लाख रुपैयाँ रिलायबल नेपाल लाइफले भुक्तानी गरेको छ ।

मंगलबार एक कार्यक्रमका बीच रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले बीमित गणेश बहादुर थापा मगरलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रमुख राजेन्द्र पौडेल, हाकिमचोक शाखा प्रमुख राजकुमार दाहाल, शाखा मार्केटिङ्ग प्रमुख सुरेन्द्र गिरी, चिफ एजेन्सी म्यानेजर गङ्गा कुमारी कार्की, एजेन्सी म्यानेजर देवकी कालाखेती लगायतकाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रिलायबल नेपाल लाइफका क्षेत्रीय प्रमुख राजेन्द्र पौडेलले जीवन बीमाको महत्वको र आवश्यकता तथा उपयोगिताको बारेमा प्रकाश पारेका थिए ।रिलायबल नेपाल लाइफमा पाँच लाख रुपैयाँको जीवन बीमा गराएका थापा मगरले घातक रोगको उपचार बापत पाँच लाख रुपैयाँ भुक्तानी लिए पनि उनको बीमा पोलिसी भने सुचारु नै रहेको छ । उक्त बीमा पोलिसी परिपक्व भएपछि पाँच लाख रुपैयाँका साथै बोनस समेत पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*