७ कम्पनीको शेयरमा लाग्यो सर्किट, आज कसले कमाए गुमाए ?

१९ आश्विन २०७८, मंगलवार १५:१६

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२३ कम्पनीको शेयर किनबेच हुँदा ५८ लाख ४२ हजार १३५ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ४१ दशमलव ८४ अकंले बढ्दा कारोबार करिब ३ अर्बमा सिमित भएको हो ।

आज मल्टिप्रपोजल फाइनान्स, समता घरेलु लघुवित्त, हिमालयन पावर पाट्नर, मैलुङ खोला जलविद्युत, सिभिल लघुुवित्त, छ्याङदी हाईड्रोपावर र जनउत्थान समुदायिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।


त्यस्तै, एनआईसी एशिया लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ । साथै अन्य गुमाउने कम्पनीहरुमा रिलाइबल लाईफ इन्स्योरेन्सको ३.३२ प्रतिशत अकं र माउन्टेन इर्नजीको ३.३० प्रतिशत अकं घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*