हकप्रद निष्काशन गर्ने भएसँगै छ्याङ्गदी हाइड्रोपावरको शेयरमा सर्किट

१९ आश्विन २०७८, मंगलवार १२:२५

काठमाडौं । साताको तेस्रो दिन छ्याङ्गदी हाइड्रोपावरक कम्पनीको शेयरमा सर्किट लागेको छ । कम्पनीले आजै ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने जानकारी गराएसँगै पूँजी बजार खुलेको केही समयमा नै कम्पनीको शेयरमा सर्किट लागेको हो ।

यो समाचार तयार पार्दासम्म अघिल्लो कारोबार दिनको तुलनामा कम्पनीको शेयर १० प्रतिशतले बढेर शेयरमूल्य ५०० रुपैयाँ ५० पैसा पुगेको छ । कम्प्नीले ३० प्रतिशत हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*