१२.६% लाभांश पारित गर्न रिडी हाईड्रोपावरले डाक्यो सभा, बुक क्लोज कहिले ?

१९ आश्विन २०७८, मंगलवार ११:३५

काठमाडौं । रिडी हाइड्रोपावरको डेभलपमेण्ट कम्पनी लिमिटेडको २० औं बार्षिक साधारण सभा कात्तिक १२ गतेका लागि तय भएको छ । कम्पनीको केन्द्रिय कार्यालय काठमाडौं जिल्लाको थापाथलीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, कर समेत १२ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गर्ने र रैराङ हाईड्रोपावरलाई गाभ्ने÷गाभिने बारे विशेष प्रस्ताव सभाले पारित गर्ने कम्पनीले जनाएको छ ।

लाभांश वितरण र बार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २ गते बुक क्लोज गर्न भएकाले कात्तिक १ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

हाल कम्पनीको चुक्तापूँजी ५८ करोड ५५ लाख ५८ हजार रुपैया रहेको छ । सोही चुक्तापूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्ने लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*